अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 02:51

४ जना चिनियाँले भिसा जालसाझी गरेको अमेरिकाको आरोप, तीन जना पक्राउ

बिआरटीनेपाल २०७७ साउन ९ गते ०:०९ मा प्रकाशित

अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाझीको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाझी गरेको आरोप अमेरिकाले लगाएको हो । चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई संघीइ जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ ।

उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ । एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग अघोषित आबद्धता रहेका मानिसहरूसँग पनि अन्तर्वार्ता गरेको छ ।

अभियोजनकर्ताहरूले अमेरिकामा सेनाका वैज्ञानिकहरूलाई पठाउने चीनको योजनाअन्तर्गतको यो एउटा हिस्सा भएको बताएका छन् । अमेरिकाको न्याय मन्त्रालयका न्यायाधीवक्ता जोन सी डेमर्सले प्रेस विज्ञप्ति जारी गर्दै पिपल्स लिबरेसन आर्मीका सदस्यहरूले सेनासँगको आवद्धता लुकाएर अनुसन्धान भिसाका लागि निवेदन दिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय