महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ५४ लाख ५ हजार ६९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ३१ हजार १५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९३ लाख ८२ हजार ९८ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४६ हजार १ सय ९२, ब्राजिलमा ८२ हजार ८ सय ९०, भारतमा २९ हजार ९ सय ६, रसियामा १२ हजार ८ सय ९२, स्पेनमा २८ हजार ४ सय २६, मेक्सिकोमा ४१ हजार १ सय ९०, बेलायतमा ४५ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा १५ हजार ७४ , इटालीमा ३५ हजार ८२, फ्रान्समा ३० हजार १ सय ७२, जर्मनीमा ९ हजार १ सय ८२, क्यानडामा ८ हजार ८ सय ७० र बेल्जियममा ९ हजार ८ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ७ सय ९, बंगलादेशमा २ हजार ८ सय १ , अफगानिस्तानमा १ हजार २ सय ११, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९२ जनामा भाईरसको संक्रमण देखिएको छ ।