अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 01:06

कोभिड–१९ का कारण विश्वभर १ करोड ४८ लाख ५७ हजार ४ सय बढी संक्रमित, ६ लाख १३ हजार ३ सय ४० को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ६ गते १:२० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ४८ लाख ५७ हजार ४ सय ८१ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख १३ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८९ लाख ११ हजार १ सय ९४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४३ हजार ८ सय ३४, ब्राजिलमा ८० हजार २ सय ५१, भारतमा २८ हजार ९९, रसियामा १२ हजार ४ सय २७, स्पेनमा २८ हजार ४ सय २२, मेक्सिकोमा ३९ हजार ४ सय ८५, बेलायतमा ४५ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १४ हजार ४ सय ५ , इटालीमा ३५ हजार ५८, फ्रान्समा ३० हजार १ सय ७७, जर्मनीमा ९ हजार १ सय ७३ , क्यानडामा ८ हजार ८ सय ५८ र बेल्जियममा ९ हजार ८ सय ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ६ सय ३९, बंगलादेशमा २ हजार ६ सय ६८ , अफगानिस्तानमा १ हजार १ सय ८५, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९० जनामा भाईरसको संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय