अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१
| Colorodo: 02:46
सरकारले साउन २१ गतेदेखि आन्तरिक हवाइ उडान र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
कोरोना संक्रमण फैलिन थालेपछि चैत ११ गतेबाट गरेको लकडाउनसँगै बन्द भएको हवाई उडानहरु सञ्चालनमा ल्याउन आवश्यक तयारीमा जुटेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले साउन १५ गतेदेखि होटेलहरु खोल्न र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन अपरिहार्य रहेकोे भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव राखेको जनाएको छ ।