अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 01:10

युएईले मंगलग्रह अध्ययनका लागि ‘द होप’ नामक यान पठायो

बिआरटीनेपाल २०७७ साउन ४ गते २३:५६ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (युएइ)ले मंगल ग्रहको अध्ययन तथा अन्वेषणका लागि यान पठाएको छ । अन्तरीक्ष यात्रामा युएईको यो नयाँ फड्को हो ।‘द होप’ नाम दिइएको यो यान जापानको तानेगाशिमा स्पेस पोर्टबाट प्रक्षेपण गरिएको हो । यो यानले अन्तरीक्षमा ५ सय मिलियन किलोमिटर यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्नेछ ।

युएईले यो यानको प्रक्षेपण प्रक्रिया खराब मौसमका कारण यसअघि दुई पटक स्थगित गरेको थियो । तेस्रो प्रयासमा भने हिजो यान प्रक्षेपण गरिएको हो । युएईको यो यान सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा पुग्नेछ । उक्त यानले मंगल ग्रहको मौसम र जलवायुको अवस्थाबारे अध्ययन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय