महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ४४ लाख ५९ हजार ९ सय १७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ५ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ८६ लाख ४३ हजार ३ सय ९४ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४२ हजार ८ सय ८३, ब्राजिलमा ७८ हजार ८ सय १७, भारतमा २६ हजार ८ सय ७३, रसियामा १२ हजार ३ सय ४२, स्पेनमा २८ हजार ४ सय २०, मेक्सिकोमा ३८ हजार ८ सय ८८, बेलायतमा ४५ हजार २ सय ७३ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा १४ हजार १ सय ८८ , इटालीमा ३५ हजार ४२, फ्रान्समा ३० हजार १ सय ५२, जर्मनीमा ९ हजार १ सय ६२ , क्यानडामा ८ हजार ८ सय ४८ र बेल्जियममा ९ हजार ८ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ५ सय ६८, बंगलादेशमा २ हजार ६ सय १८ , अफगानिस्तानमा १ हजार १ सय ८१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८७ जनामा भाईरसको संक्रमण देखिएको छ ।