अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 14:24

देशभर ठाउँ, ठाउँमा बर्षा, राजमार्गहरु अबरुद्ध

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:२६ मा प्रकाशित

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने विभागले जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विदहरुको भनाइ छ । बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ र २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने छ । यसले विभिन्न नदीहरुको बहाव समेत बढाउने भएकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू