अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३
| Colorodo: 01:08
पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् ।प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल टोस्कोवस्कीका समर्थकहरुको आह्वानमा प्रदर्शन भएको हो ।
उनीहरुले नतिजा अस्वीकार गर्ने जनाएका छन् ।टोस्कोवस्कीका तर्फबाट सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ ।उजुरीमा निर्वाचित वर्तमान राष्ट्रपति अन्ड्रजेज डुडाले निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।
गत आइतबार सम्पन्न निर्वाचनमा डुडाको पक्षमा ५१ दशमलव ०३ प्रतिशत र टोस्कोवस्कीको पक्षमा ४८ दशमलव ९७ प्रतिशत मत आएको निर्वाचन आयोगले जनाएको थियो ।