महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३४ लाख ९९ हजार २ सय २९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ८२ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७८ लाख ८४ हजार ७ सय ३८ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३९ हजार १ सय ७४, ब्राजिलमा ७४ हजार ३ सय ३६, भारतमा २४ हजार ३ सय ७१, रसियामा ११ हजार ७ सय ७०, स्पेनमा २८ हजार ४ सय ९, मेक्सिकोमा ३६ हजार ३ सय २७, बेलायतमा ४४ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा १३ हजार ४ सय १० , इटालीमा ३४ हजार ९ सय ८४, फ्रान्समा ३० हजार २९, यसैगरी जर्मनीमा ९ हजार १ सय ४४ , क्यानडामा ८ हजार ७ सय ९८ र बेल्जियममा ९ हजार ७ सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ३ सय ८६, बंगलादेशमा २ हजार ४ सय ५७ , अफगानिस्तानमा १ हजार ९४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८४ जनामा भाईरसको संक्रमण देखिएको छ ।