अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४
| Colorodo: 21:59
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर १ करोड ३२ लाख ६७ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । विश्वभरि नै कोरोना सङ्क्रमणका कारण ५ लाख ७६ हजार ३ सय १६ मानिसको मृत्यु भएको छ । यसैगरि हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७७ लाख ३३ हजार भने उपचारपछि स्वस्थ भएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ३४ लाख ८० हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १ लाख ३८ हजार २ सय ७३ जनाको मृत्यु भएको छ । विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा भने १८ लाख ८८ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने हालसम्म ७२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।