अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८
| Colorodo: 17:23
आँखामा सधैँ सधैँ
श्वेत श्याम हुँदै रङ्गिन धुमिल चित्रहरू
लाग्छ म कतै अँध्यारोमा
थुप्रै थुप्रै रातहरू कटाई रहेँ
लाग्छ सधैँ समुन्द्रको किनारामा बसेर
सूर्यास्तको प्रतीक्षा मात्र गर्दै रहेँ
लाग्दैछ मेरा आँसुहरू
निर्निमेष बगरमा झरिरहे
अनि पल्लो किनारमा
सूर्य डुबी रह्यो
म गीत हुँ पीडाको
म सङ्गीत हुँ व्यथाको
म स्वर हुँ कारुणिक कथाको
बाल्यकाल खोज्ने चाहनामा
मनमा गुराँस फुलाउने रहरमा
थुप्रै वसन्तमा बेमौसम पतझड
मौलाउँदै गएको पत्तै भएन
आऊ अब आऊ
मेरो अँगालोमा आऊ
मेरो बाल्यकाल आऊ
मेरो यौवन आऊ
मेरो वसन्त आऊ
किनकि म फर्की आएँ
तिम्रो न्यानो काखमा !!!
**
भर्जिनिया, अमेरिका