अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 08:40

राष्ट्रिय खेलकुद परिषदको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२३ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उहाँ मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुनुहुन्थ्यो । नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ ।

खेलकुद विकास ऐन २०४८ निष्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो । मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

समितिले योग्यता पुरा भएका व्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।

प्रतिक्रिया
लोकप्रिय