अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४०
| Colorodo: 21:55
कोरोना भाइरस सङ्क्रमणबाट गएको हप्ता विदेशमा थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।
समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन र ओमान लगायत देशमा रहेका नेपालीको कोरोनाको कारण ज्यान गएको समितिले जनाएको छ ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २५ हजार २ सय २६ जना निको भएका छन् ।