अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 00:39

कोभिड–१९ का कारण विश्वभर ५ लाख ८ हजार २ सय २८ को मृत्यु, १ करोड ४ लाख १२ हजार ४ सय २१ संक्रमित

बिआरटीनेपाल २०७७ असार १६ गते ०:२३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ५ लाख ८ हजार २ सय २८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट १ करोड ४ लाख १२ हजार ४ सय २१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५६ लाख ६८ हजार ६ सय ६८ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ७ सय ८२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २८ हजार ७ सय ८३, इटालीमा ३४ हजार ७ सय ४४, स्पेनमा २८ हजार ३ सय ४६ , फ्रान्समा २९ हजार ८ सय १३, बेलायतमा ४३ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ६ सय ७०, जर्मनीमा ९ हजार ४१ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५८ हजार ३ सय ८५, रसियामा ९ हजार १ सय ६६ र क्यानडामा ८ हजार ५ सय ६६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १६ हजार ९ सय ४, पाकिस्तानमा ४ हजार ३ सय ४, बंगलादेशमा १ हजार ७ सय ८३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय ३३ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय