अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 21:01

चीनले सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिन मार्सल आर्टका २० प्रशिक्षक पठायो

बिआरटीनेपाल २०७७ असार १४ गते ०:५२ मा प्रकाशित

चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन।

तर जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । चीन तर्फ पनि हताहती भएको अनुमान गरिएको छ, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर भारतले हालकै भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय