अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 21:07

संयुक्त राष्ट्रसंघको गाडीमा खिचिएको सेक्स भिडियोबारे छानबिन हुँदै, युएनको गम्भीर आपत्ति

बिआरटीनेपाल २०७७ असार १३ गते ७:१८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक कारमा भएको सेक्सको फुटेजलाई लिएर गम्भीर आपत्ति जनाउँदै यो घटना अति चिन्ताजनक रहेको उल्लेख गरेको छ । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।

इजरायलको तेल अवीवको समुद्री किनारको सडकमा गाडी भित्र सो सेक्स भिडियो बनाइएको हो । यो घटनाको छानबिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । भिडियोमा देखिएका मानिसको पहिचान गर्ने काम भइरहेको पनि युएनले उल्लेख गरेको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने जनाइएको छ । भिडियोमा गाडीको अगाडिको सिटमा रहेका एक व्यक्ति मुन्टो निहुराएर बसेको देखिएको छ । तर ड्राइभरले गाडी चलाएको भने देखिँदैन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डुजारिकले १८ सेकेण्डको सोभिडयोलाई ‘विभत्स’ भन्नुभएको छ ।

उहाका आुसार ‘यदी युएनकै कर्मचारी यस्तो गर्छन् भने हामी जुन दुर्व्यवहार विरुद्ध लडिरहेका छौँ त्यसको कुनै अर्थ रहँदैन । यस्तो अवस्थामा सबै कुरा हामी विरुद्ध नै जान्छ ।’ यौन सम्बन्ध दुवै व्यक्तिको मन्जुरीमा भएको थियो वा अरु केही भन्ने बारे पनि अनुसन्धान भइरहेको प्रवक्ता डुजारिकले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय