अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११
| Colorodo: 20:26
अमेरिकामा कम्तीमा २ करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने स्वास्थ्य अधिकारीहरूले अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।
संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ ।