अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 21:07

कोभिड–१९ का कारण विश्वभर ४ लाख ८५ हजार ६ सय २५ को मृत्यु, ९५ लाख ६० हजार ९ सय ४७ संक्रमित

बिआरटीनेपाल २०७७ असार ११ गते ७:०४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ८५ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९५ लाख ६० हजार ९ सय ४७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५२ लाख ७ सय ३५ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५८ हजार १ सय ६५ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २४ हजार २ सय ९४, इटालीमा ३४ हजार ६ सय ७५, स्पेनमा २८ हजार ३ सय २७ , फ्रान्समा २९ हजार ७ सय ३१, बेलायतमा ४३ हजार ८१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार १ सय ३०, जर्मनीमा ९ हजार ३ , बेल्जियममा ९ हजार ७ सय २६, ब्राजिलमा ५३ हजार ८ सय ९५ , रसियामा ८ हजार ६ सय ५ र क्यानडामा ८ हजार ४ सय ८४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १४ हजार ९ सय १५ , पाकिस्तानमा ३ हजार ९ सय ३, बंगलादेशमा १ हजार ६ सय २१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६ सय ७५ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय