अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

असार १२ गते फेरि बस्ने गरि नेकपाको स्थायी कमिटी बैठक सकियो

बिआरटीनेपाल २०७७ असार ९ गते ७:३७ मा प्रकाशित

असार १२ गते पर्सि फेरि अर्को बैठक बस्ने गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गर्नुभएको थियो । बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्ने काम भएको र अब असार १२ गते बस्ने अर्को बैठकमा सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जानेगरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारी पूर्वक छलफल गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टी, कम्युनिस्ट आन्दोलन, देशको परिस्थिति, आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीका बारेमा गम्भिरतापूर्वक छलफल गर्न आग्रह गर्नुभएको थियो । बैठकमा वर्तमान परिस्थिति, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।

रुकुम घटनाको सन्दर्भ, प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक र कोभिड– १९ को संकटका सन्दर्भमा सरकारले सबै कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा लगाएत बिषयमा पनि छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय