अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 16:15

कोरोना महामारीकै बीच ट्रम्पको चुनावी अभियान, सर्वत्र आलोचना

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५८ मा प्रकाशित

कोरोना भाइरसको महामारी जारी रहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई तीव्र पार्नुभएको छ । राष्ट्रपति ट्रम्पका समर्थकले ओक्लाहोमामा हजारौंको र्याली निकालेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि बन्द गरिएका कतिपय शहरहरुमा राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका कार्यक्रमहरु गर्नुहुनेछ ।

यसैबीच, कोरोनाका कारण शिक्षण संस्था र व्यवसायहरु बन्द गराएपछि पहिलो पटक जुलुस निकालेको भन्दै आलोचना भएको छ । महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा हजारौं सर्वसाधारण एकै स्थानमा जम्मा पारेर चुनावी अभियान थालेको भन्दै राष्ट्रपति ट्रम्पको सर्वत्र आलोचना भएको हो ।

कोरोनाको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त हुन थालेपछि केही स्थानका चुनावी सभाहरु स्थगित भएको बीबीसीले जनाएको छ । र्यालीहरुमा भौतिक दूरी कायम नगरेको र स्वास्थ्य सुरक्षाका उपायहरु नअपनाइएकाले संक्रमण पुनः दोहोरिने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय