संयुक्त राष्ट्रसंघको साधारणसभाबाट २०२१–२०२२ का लागि सुरक्षा परिषदमा चार अस्थायी सदस्य राष्ट्र निर्वाचित भएका छन् । राष्ट्रसंघको सदस्यका लागि भएको निर्वाचनमा क्यानडा पुनः पराजित भएको छ । सम्पन्न निवाृचनमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड भने निर्वाचित भएका छन् ।
दुई तिहाइ मत प्राप्त गर्न नसक्ने राष्ट्रहरुका लागि पुन मतदान हुने बताइएको छ । अफ्रिकी मुलुकबाट सदस्य राष्ट्र चयन हुनका लागि जिबूती र केन्याबिच फेरि मतदान हुने भएको छ । पश्चिमी समुहबाट आयरल्याण्ड र नर्वे विजयी भएसँगै क्यानाडा पराजित भएको हो ।
एशिया प्रशान्त क्षेत्रबाट भारत तथा उत्तर तथा मध्य अमेरिकी समहुबाट मेक्सिकोको मात्रै उम्मेदवारी परेपछि दुबै मुलुक निर्विरोध सुरक्षा परिषदको अस्थायी सदस्य बनेका छन् । सुरक्षा परिषदमा चुनिएसँगै भारतले राष्ट्रसंघमा चीनसँग दुरी छोट्याएको छ । तर स्थायी सदस्य मुलुक चीनसँग भिटो पावर रहेको छ भने अस्थायी सदस्य भारतसँग त्यो अधिकार रहने छैन ।