अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 14:49

चीनद्वारा भारतलाई पुनः चेतावनी – वर्तमान स्थितिको बारेमा गलत धारणा नबनाइयोस्

बिआरटीनेपाल २०७७ असार ४ गते ७:४२ मा प्रकाशित

चीनको विदेश मन्त्रालयले बिहीबार सीमाको पछिल्लो अवस्था स्थिर र नियन्त्रणमा रहेको बताएको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो पनि भनिएको छ ‘दुवै पक्ष सकेसम्म चाँडो परिस्थितिलाई शान्त पार्न सहमत भएको छ । ’ लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाको बीच भएको हिंसात्मक संघर्षमा कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएपछि सीमाको अवस्था तनावग्रस्त छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकहरूको बलिदान व्यर्थ नजाने प्रष्ट पारिसकेको छन् । तर चिनियाँ विदेश विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले बिहीबार पुनः प्रष्ट पार्दै भनेका छन् , “भारतका अग्रवर्ती सेनाहरूले सम्झौता भंग गरे र वास्तविक नियन्त्रण रेखा पार गरे र हिंसात्मक झडप र हताहतीको कारणले चिनियाँ सैनिक र अधिकारीहरूलाई जानाजानी हमला गरे” ।

उनले अगाडि थपका छन् ‘भारतले वर्तमान स्थितिको बारेमा गलत धारणा बनाउनु हुँदैन र चीनको क्षेत्रीय सार्वभौमिकताको रक्षा गर्ने शक्तिलाई कसैले कमजोर नआँके हुन्छ । यस अघि बुधवार, चीनको परराष्ट्र मन्त्रालयले एक प्रेस सम्मेलन प्रष्ट पारेको थियो ‘गलवान उपत्यकाको घटनाको लागि चीन जिम्मेवार हुन सक्दैन‘।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय