अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२
| Colorodo: 13:47
भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको छ । सीमा क्षेत्रमा भएको भिडन्तमा सुरुमा आफ्ना तीन सैनिकको मृत्यु भएको बताएको भारतीय सेनाले ज्यान गुमाउनेको संख्या त्यो भन्दा अधिक रहेको खुलाएको छ ।
सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो । लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भिडन्त भएको हो ।
भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। तर चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेकाले भिडन्त भएको जनाएको छ ।