अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 09:57

कोभिड–१९ का कारण विश्वभर ४ लाख ३२ हजार २ सयको मृत्यु, ७८ लाख ६० हजार ७ सय ३० संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ३१ गते २१:५८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ३२ हजार २ सय जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७८ लाख ६० हजार ७ सय ३० जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४० लाख ३५ हजार ७ सय ८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ८२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १७ हजार ५ सय २७, इटालीमा ३४ हजार ३ सय १ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय ९८ , बेलायतमा ४१ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ७ सय ३०, जर्मनीमा ८ हजार ८ सय ६७ , बेल्जियममा ९ हजार ६ सय ५०, ब्राजिलमा ४२ हजार ७ सय ९१, रसियामा ६ हजार ८ सय २९ र क्यानडामा ८ हजार १ सय ७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ९ हजार १ सय ९९, पाकिस्तानमा २ हजार ५ सय ५१, बंगलादेशमा १ हजार १ सय ३९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ५१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय