अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

कोरोना संक्रमित हुँदैमा कोरोनाले मात्र मृत्यु भएको नमानिने

बिआरटीनेपाल २०७७ जेठ ३० गते ७:०८ मा प्रकाशित

कुनै विरामीमा कोरोना पोजिटिभ भएपनि अन्य मृत्यु हुनुको अन्य कारण छ भने कोरोनाले मृत्यु भएको नमानिने भएको छ। कोभिड १९ ले मृत्यु भएका सम्वन्धी कार्यविधि २०७६ को पहिलो संशोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।

नेपाल सरकारले गत जेठ २० गत यो कार्यविधि संशोधन गरी कोरोना पोजिटिभ देखिएका सबै मृत्यु कोरोनाको कारणले भन्न नमिल्ने संशोधन गरेको हो। यस अघि ‘ कोभिड – १९ को कारणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’ मा कोरोनाले मात्र मृत्यु भएको मान्यता दिएको थियो।

कोरोना संक्रमित व्यक्ति कोरोनाकै मात्र लक्षण नभई अन्य रोगहरु मधुमेह, उच्चरक्तचाप, हृदयघात, मस्तिष्कघात जस्ता कारणले पनि हुन सक्ने भएकोले कार्यविधीले अन्य कारण हेर्ने भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

कोरोना संक्रमण क्वारेन्टिनबाट समुदायमा फैलिएको अवस्थामा लाखौं संक्रमित हुन सक्ने र उनीहरु मध्ये कतिपय हृदयघात तथा अन्य रोगले पनि मृत्यु हुन सक्ने भएकोले कार्यविधिले मृत्युको अन्य कारण खोजेको गौतमको तर्क छ। यस्तो अभ्यास अन्य देशहरुमा पनि भइरहेको उहाँले बताउनुभयो ।

यस अघिको कार्यविधिले बाटोमा दुर्घटनामा मृत्यु भएको तर संक्रमित छ भने कोरोना संक्रमणको कारणभित्र समेट्नेस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय