अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१
| Colorodo: 09:46
कोभिड–१९ का कारण भारतमा संक्रमित हुनेको संख्या २ लाख ९८ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जोन्स हपकिन्सका अनुसार भारत कोरोना संक्रमितको हिसाबले विश्वकै चौथो प्रभावित मुलुक बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टाको अवधिमा हालसम्मकै धेरै १० हजार चार सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ९८ हजार ४ सय ८२ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय १२ पुगेको छ । भारतको महाराष्ट्रमा मात्रै ९७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोना भाइरसका कारण १ लाख ४७ हजार ५ सय ४४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।