अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 09:48

अमेरिकी युवतीद्धारा पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:१५ मा प्रकाशित

पाकिस्तानमा रहँदै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितका नेताहरुमाथि बलात्कार (यौन उत्पिडन)को आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले पाकिस्तानको विपक्षी दल पाकिस्तान पीपुल्स पार्टीका थुप्रै नेताहरुमाथि यस्तो आरोप लगाएकी हुन् ।

जुन ५ मा सिन्थियाले फेसबुक लाइभ मार्फत पाकिस्तान पीपुल्स पार्टीको सरकारमा गृहमन्त्री रहेका रहमान मलिकले सन २०११ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

यस्तै उनले पाकिस्तान पीपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीमाथि पनि गम्भीर आरोप लगाएकी छन् । सिन्थियाका दाबी छ कि उनी इस्लामाबादमा पाकिस्तानका राष्ट्रपति निवासमा गिलानीसँग भेट भएका बेला उनले जबरजस्ती गर्ने प्रयास गरेका थिए ।

सिन्थियाले पाकिस्तानका पूर्व स्वास्थ्य मन्त्री शहाबुद्दीनमाथि पनि जोर जबरजस्ती गरेको आरोप लगाएकी छन् । शहाबुद्दीन पनि पाकिस्तान पीपुल्स पार्टीका नेता हुन् । फेसबुक भिडियोमा सिन्थियाले आफूमाथि भएका सबै घटनाहरुको बारेमा विस्तारमा जानकारी दिन सक्ने बताएकी छन् । तर यी सबै हिंसाका बारेमा भिडियोमा बताउँदा बालबाललिकाले पनि हेर्ने भएकोले त्यसो नगरेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय