अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 10:54

कोभिड–१९ का कारण विश्वभर ४ लाख २३ हजार ८ सय २३ को मृत्यु, ७५ लाख ९६ हजार १ सय ३ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:१३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख २३ हजार ८ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७५ लाख ९६ हजार १ सय ३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३८ लाख ४१ हजार ३ सय ८२ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ९ सय २ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १६ हजार ३४, इटालीमा ३४ हजार १ सय ६७ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय ४६ , बेलायतमा ४१ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ५ सय ८४, जर्मनीमा ८ हजार ८ सय ५१ , बेल्जियममा ९ हजार ६ सय ३६, ब्राजिलमा ४१ हजार ५८, रसियामा ६ हजार ५ सय ३२ र क्यानडामा ७ हजार ९ सय ९४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ८ हजार ५ सय १ , पाकिस्तानमा २ हजार ४ सय ६३, बंगलादेशमा १ हजार ४९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय २६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय