अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

काँग्रेसले सरकारलाई देश तथा विदेशबाट एकसाथ कोरोना विरुद्धको संघर्ष केन्द्रित ज्ञापनपत्र बुझाउने

बिआरटीनेपाल २०७७ जेठ २९ गते ६:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाउने भएको छ । भौतिक दुरि कायम गर्दै असार दुइ गते देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने काँग्रेसले जनाएको हो ।

जेठ २६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको काँग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यसै दिन सात प्रदेश मुख्यमन्त्रीलाई संसदीय दल र विदेशी नियोगमा जनसम्पर्क समिति मार्फत ज्ञापनपत्र बुझाउने शर्माले बताउनुभयो ।

जेठ २६ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको थियो । बैठकले पार्टी पंक्तिलाई सरकरविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय