अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

ट्रम्पले आगामी निर्वाचनको प्रचारका लागि चुनावी सभा थाल्ने, यसैसाता चार राज्यबाट प्रचार सुरु गरिदै

बिआरटीनेपाल २०७७ जेठ २८ गते २१:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताउनुभयो । गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताउनुभएको हो ।

कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्याली र सभालाई निरन्तरता दिने बताउनुभयो । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने स्पष्ट पार्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ । कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।

जसका कारण अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचन नजिकिन थालेपछि दलहरुले चुनावी सभालाई तीव्र पार्नुपर्ने भएपनि कोरोना महामारीले सबै गतिविधिहरु प्रभावित हुँदै आएका छन् । आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिष्पर्धीको रुपमा डेमोक्र्याट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो विडेन उम्मेद्वार रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय