अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

कोभिड–१९ का कारण विश्वभर ४ लाख १८ हजार ८ सय ९३ को मृत्यु, ७४ लाख ५२ हजार ९१ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २८ गते २१:४८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख १८ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७४ लाख ५२ हजार ९१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३७ लाख ४९ हजार ७ सय ९३ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ८ सय ११ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १५ हजार १ सय ३०, इटालीमा ३४ हजार १ सय १४ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय १९ , बेलायतमा ४१ हजार १ सय २८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ५ सय ६, जर्मनीमा ८ हजार ८ सय ४४ , बेल्जियममा ९ हजार ६ सय २९, ब्राजिलमा ३९ हजार ७ सय ९७, रसियामा ६ हजार ३ सय ५८ र क्यानडामा ७ हजार ९ सय ६० जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ८ हजार १ सय ७ , पाकिस्तानमा २ हजार २ सय ५५, बंगलादेशमा १ हजार १२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ५ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय