महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख १३ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७३ लाख १८ हजार १ सय २४ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३६ लाख २ हजार ५ सय ८० जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १४ हजार १ सय ४८, इटालीमा ३४ हजार ४३ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार २ सय ९६ , बेलायतमा ४० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ४ सय २५, जर्मनीमा ८ हजार ८ सय ३१ , बेल्जियममा ९ हजार ६ सय १९, ब्राजिलमा ३८ हजार ४ सय ९७, रसियामा ६ हजार १ सय ४२ र क्यानडामा ७ हजार ८ सय ९७ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ७ हजार ७ सय ५० , पाकिस्तानमा २ हजार १ सय ७२, बंगलादेशमा ९ सय ७५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ८४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।