अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 11:21

सरकारले ल्याएको प्रस्ताव सर्वसम्मत स्वीकृत, विधेयकमा संशोधन राख्न ७२ घण्टाको समय

बिआरटीनेपाल २०७७ जेठ २७ गते २१:४५ मा प्रकाशित

सरकारले ल्याएको संविधान संशोधन विधेयक संसद्ले सर्वसम्मतिले पारित गरेको छ । बिधेयकमा सांसदहरुले संशोधन दर्ता गराउन ७२ घण्टे समय पाएका छन् । मंगलबार साँझ प्रतिनिधिसभाले ‘संविधान संशोधन प्रस्ताव विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेसँगै सांसदहरुले संशोधन दर्ता गराउन समय पाएका हुन् ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा प्रयोग भएको नेपालको नक्शामा लिम्पियाधुरा, कुटी, गुञ्जीसहितका भूभाग समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । छलफलमा भाग लिने सबै दलका सांसदले संशोधन प्रस्तावको समर्थन गरेका थिए । नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने महत्वपूर्ण अवसर भन्दै प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले पनि संशोधन विधेयकको समर्थन गरेका हुन् ।

संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जेठ ७ गते सार्वजनिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्शा नै त्रुटीपूर्ण रहेपछि सरकारले गत जेठ १८ गते प्रतिनिधि सभामा संविधानको दोश्रो संशोधन विधेयक पेश गरेको थियो ।

प्रतिक्रिया
लोकप्रिय