अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 07:40

ट्रम्प संविधान भन्दा धेरै पर गए – पूर्व आर्मी प्रमुख तथा विदेशमन्त्री पावेल

बिआरटीनेपाल २०७७ जेठ २५ गते २१:५८ मा प्रकाशित

अमेरिकाका पूर्व विदेश मन्त्री कोलिन पावेलले रंगभेद विरोधी प्रदर्शनको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व तथा भूमिकाको गम्भीर आलोचना गर्नुभएको छ । अमेरिकी आर्मीका पूर्व प्रमुख समेत रहेका पावेलले राष्ट्रपति ट्रम्पका कारण आन्दोलनकारी जोखिममा परेको बताउनुभयो । रिपब्लिकन पावेलले ट्रम्प संविधान भन्दा निकै पर गएको आरोप समेत लगाउनुभएको छ ।

प्रदर्शनप्रति ट्रम्पले गरेको टिप्पणी तथा आर्मी परिचालन गर्ने चेतावनीलाई लिएर पावेलले ट्रम्पको गम्भीर आलोचना गर्नुभएको हो । उहाँले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको पक्षमा मतदान गर्ने पनि बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले पावेलको टिप्पणीको प्रतिक्रियामा उहाँलाई ‘हाइली भोररेटेड’ अर्थात चाहिने भन्दा बढी चर्चा गरिएका व्यक्तिको संज्ञा दिनुभएको छ । उहाँ अमेरिकाको इतिहासमा अहिलेसम्म जोइन्ट चिफ अफ स्टाफको प्रमुखका रुपमा सेवा गर्ने एक मात्र अफ्रिकन अमेरिकन हुनुहुन्छ । पछिल्लो समय आर्मीका पूर्व प्रमुखहरुले राष्ट्रपति ट्रम्पको विरोधमा टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय