अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 07:37

कोभिड–१९ का कारण विश्वभर ४ लाख ६ हजार १ सय २६ को मृत्यु, ७० लाख ८६ हजार ४ सय ७६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २५ गते २१:५५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६ हजार १ सय २६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७० लाख ८६ हजार ४ सय ७६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३४ लाख ६० हजार १ सय ७१ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ७ सय ५२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १२ हजार ४ सय ६९, इटालीमा ३३ हजार ८ सय ९९ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार १ सय ५५ , बेलायतमा ४० हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार २ सय ८१, जर्मनीमा ८ हजार ७ सय ७६ , बेल्जियममा ९ हजार ५ सय ९५, ब्राजिलमा ३७ हजार ३ सय १२, रसियामा ५ हजार ८ सय ५९ र क्यानडामा ७ हजार ८ सय जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ७ हजार २ सय ७ , पाकिस्तानमा २ हजार २, बंगलादेशमा ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ५७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ५९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय