अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 02:06

संसारलाई कोरोनामुक्त बनाउने भन्दै भारतको ब्राह्मणी देवी मन्दिरमा मानव बलि दिईएको खुलासा

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४४ मा प्रकाशित

भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरमा पुजारीले ५२ वर्षीय एक पुरुषको टाउको काटेर बलि दिएका छन् । हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना उजागर भएको हो । बलि दिइएका मानिस सरोज कुमार प्रधान भएको र उनी बन्धाहुदा गाउँका निवासी भएको प्रहरीले पत्ता लगाएको छ । ती पीडित मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्थे ।

कोरोनाभाइरस महाव्याधिका विषयमा प्रधानसँग विवाद परेपछि ओझाले शुक्रवार बिहान १ बजे हत्या गरेको प्रहरी उपरीक्षक राधाविनोद पाणिग्रहीले बताएका छन् । ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताएका छन् । पुजारीले हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको प्रहरीको भनाइ छ ।

‘ती दुवै व्यक्तिले राति गाँजा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ,’ प्रहरी उपरीक्षकले भनेका छन् । प्रहरीको टोली घटनास्थलमा पठाइएको र उनीहरूले घटनास्थलबाट आवश्यक नमूनाहरू संकलन गरेको उनको भनाइ छ । मृत शरीरलाई पोस्टमोर्टमका लागि पठाइएको छ । आरोपितलाई पक्राउ गरिएको छ र उनको स्वास्थ्य परीक्षण गरिएको छ । लकडाउनका कारण लामो समयदेखि मन्दिरमा कोही पनि गएका छैनन् । त्यहाँ ओझा र प्रधान मात्र बस्ने गरेको गाउँलेहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय