अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 12:38

भारतमा लकडाउनको अवधि जेठ १८ गतेसम्म थप्ने निर्णय

बिआरटीनेपाल २०७७ जेठ ५ गते ०:०३ मा प्रकाशित

भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ । भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएको छ ।

यसअघि सशर्त खौल्ने सुविधा दिइएका साना पसल तथा ब्यापारिक प्रतिष्ठानहरु बाहेक अन्य छुट दिइएको छैन । लामो दूरीका रेल, मेट्रो, आन्तरिक तथा बाह्य उडानहरुमा रोक यथावत राखिएको छ भने शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

भारतमा आइतबार रातीदेखि तेस्रो चरणको लकडाउनको अवधि समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय