अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 12:47

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ९ हजार नाघ्यो, ४६ लाख ४९ हजारसंक्रमित

बिआरटीनेपाल २०७७ जेठ ३ गते ७:२७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ९ हजार ४७ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ४६ लाख ४९ हजार ७९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १७ लाख ७१ हजार ७ सय ९९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८८ हजार ५ सय २३ , इटालीमा ३१ हजार ६ सय १०, स्पेनमा २७ हजार ४ सय ५९ , फ्रान्समा २७ हजार ५ सय २९ , बेलायतमा ३३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ९ सय ३७, जर्मनीमा ८ हजार १ र बेल्जियममा ९ हजार ५, ब्राजिलमा १४ हजार ९ सय ६२, रसियामा २ हजार ५ सय ३७ र क्यानडामा ५ हजार ५ सय ६२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ७ सय ६० , पाकिस्तानमा ८ सय ३४ , बंगलादेशमा ३ सय १४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ६८, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ७८ र भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय