अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

भारतीय सेनापतिको लिपुलेक सम्बन्धी टिप्पणीबारे प्रधानसेनापति थापाको धारणा ‘उपयुक्त समयमा’

बिआरटीनेपाल २०७७ जेठ २ गते २१:५६ मा प्रकाशित

प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज नरवाणेले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि आफ्नो दाबी गर्दै नेपालमा भइरहेको आन्दोलनप्रति गरेको टिप्पणीबारे उपयुक्त समय र फोरममा आधिकारिक धारणा राख्नुहुने भएको छ ।

जनरल नरवाणेले दिल्लीमा आयोजित एक सेमिनारमा शुक्रबार नेपालमा हाल भारतको अतिक्रमणमा रहेका ती क्षेत्र आफ्नो भन्दै भइरहेका आन्दोलन ‘कतैबाट’ सञ्चालित भएको आरोप लगाउँदै चीनतर्फ संकेत गरेका थिए।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यो सम्बन्धमा आवश्यक र उपयुक्त समयमा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्मत फोरममा व्यक्त हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय