अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 13:51

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमानेको संख्या ३ लाख ८ हजार ६ सय नाघ्यो, ४६ लाख २८ हजार ३ सय संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २ गते २१:४८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ६ सय ४५ पुगेको छ । कोरोनाबाट ४६ लाख २८ हजार ३ सय ५६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १७ लाख ५८ हजार ४९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८८ हजार ५ सय ७ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार ६ सय १०, स्पेनमा २७ हजार ४ सय ५९ , फ्रान्समा २७ हजार ५ सय २९ , बेलायतमा ३३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ९ सय २, जर्मनीमा ८ हजार १ र बेल्जियममा ८ हजार ९ सय ५९, ब्राजिलमा १४ हजार ९ सय ६२, रसियामा २ हजार ४ सय १८ र क्यानडामा ५ हजार ५ सय ६२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ७ सय ५३ , पाकिस्तानमा ८ सय ३४ , बंगलादेशमा २ सय ९८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ५३, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ६७ र भुटानमा २१ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय