अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 10:39

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ९८ हजार ७ सय ४० जनाको मृत्यु, ४४ लाख ५२ हजार ४ सय २० संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १ गते ७:०१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर २ लाख ९८ हजार ७ सय ४० जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४४ लाख ५२ हजार ४ सय २० जना संक्रमित भएका छन् । कोरोना संक्रमित १६ लाख ७५ हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८५ हजार १ सय ९७ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार १ सय ६, स्पेनमा २७ हजार ३ सय २१ , फ्रान्समा २७ हजार ७४ , बेलायतमा ३३ हजार १ सय ८६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ८ सय ५४, जर्मनीमा ७ हजार ८ सय ६१ र बेल्जियममा ८ हजार ९ सय ३, ब्राजिलमा १३ हजार २ सय ४०, रसियामा २ हजार ३ सय ५ , क्यानडामा ५ हजार ३ सय २ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ५ सय ६४ , पाकिस्तानमा ७ सय ७०, बंगलादेशमा २ सय ८३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ३६, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ४६ र भुटानमा १९ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय