महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर २ लाख ९८ हजार १ सय ६५ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४४ लाख २९ हजार २ सय २३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १६ लाख ५८ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८५ हजार १ सय ९७ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार १ सय ६, स्पेनमा २७ हजार १ सय ४ , फ्रान्समा २७ हजार ७४ , बेलायतमा ३३ हजार १ सय ८६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ७ सय ८३, जर्मनीमा ७ हजार ८ सय ६१ र बेल्जियममा ८ हजार ८ सय ४३, ब्राजिलमा १३ हजार २ सय ४०, रसियामा २ हजार २ सय १२ , क्यानडामा ५ हजार ३ सय २ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार ५ सय ५१ , पाकिस्तानमा ७ सय ६१ , बंगलादेशमा २ सय ६९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ३२, श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा २ सय ५० र भुटानमा ११ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।