अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 10:53

खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति

बिआरटीनेपाल २०७७ वैशाख ३१ गते २१:५२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गर्नुभएको छ । कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने उहाँको भनाइ थियो ।

कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ ।विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने डब्लुएचओको दावी छ ।

विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ ।महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।उसले भाइरस नियन्त्रणको प्रयार जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय