अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३
| Colorodo: 10:58
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप विश्वभर पु¥याउन साढे दुई वर्ष समय लाग्न सक्ने बताएको छ । संगठनका कोभिड–१९ का लागि विशेष दूत डेविड नाबारोले विश्वभरको जनसंख्यालाई कोरोना भाइरसको खोप पुर्याउन साढे दुई वर्षको समय लाग्न सक्ने बताउनुभएको छ ।
जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा पत्रकारसँग कुराकानी गर्दै उहाँले विश्वका विभिन्न मुलुकले कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धान गरिरहेको तर, सुरक्षित र प्रभावशाली खोप विकास गर्नमा कम्तिमा १८ महिना लाग्ने भन्दै खोप विकास भएपछि सबै नागरिकको पहुँचमा पुर्याउन कम्तिमा साढे दुई वर्षको समय लाग्ने बताउनुभयो ।
खोपको विकासपछि उत्पादकत्व बढाउन र त्यसलाई विश्वको झन्डै ७ सय ८० करोडभन्दा बढी जनसंख्याको पहुँचमा पुर्याउन सहज नहुने पनि उहाँले उल्लेख गर्नुभयो ।