अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९
| Colorodo: 02:14
सत्तारुढ नेकपाले आफ्ना सांसदलाई उपत्यका नछाड्न ह्वीप जारी गरेको छ। बाहिरी जिल्लामा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै दुवै सदनका सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन गरिएको हो। यही वैशाख २६ गते सुरु भएको संसदको बजेट अधिवेशनको अघिल्लो दिन सबै सांसदको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको थियो।
सबैको रिपोट नेगेभिट आएको अवस्थामा संक्रमणको संभावना हुने भएकाले सांसदहरुलाई जिल्ला नजान भनिएको नेकपा संसदीय दलले जनाएको छ। सांसद झपड रावलले स्वास्थ्य संवेदनशिलताका कारण उपत्यका नछाड्न भनेर दलले आफूलाई एसएमएस पठाएको जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले प्रत्येक सांसदलाई पत्र लेखेर संसदमा अनिवार्य उपस्थित हुन र सरकारको समर्थन गर्न निर्देशन दिनुभएको थियो ।
