अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

सीमा नाकामा अलपत्र नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई मानब अधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७७ वैशाख ३० गते ७:३७ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि भारतीय सीमा नाकामा अलपत्र र असुरक्षित अवस्थामा रहेका हजारौं नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर देशव्यापी अनुगमनका क्रममा सीमा क्षेत्रमा नेपाली नागरिकहरू ६ सातादेखि असुरक्षित अवस्थामा रहिरहेको र संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम सीमा नाकामा अलपत्र नेपालीहरूको तत्काल उद्धार गरी डब्लूएचओ अर्थात् विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्न र सबैको स्वास्थ्य परिक्षण गर्न निर्देशन दिएको हो ।

आयोगले लकडाउनसँगै भारतमा रोजगारी र गाँसबासको समस्या भई स्वदेश फर्कने क्रममा सीमा नाकामा आई क्वारेन्टाइनमा बसिसकेकाहरूसमेत अलपत्र परिरहेको उल्लेख गर्दै नेपाली नागरिकप्रति राज्यको दायित्व बहन गर्न सरकारलाई निर्देशन दिएको हो । आयोगले विज्ञप्तिमा आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन गरी राज्यको दायित्व बहन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय