महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ८३ हजार ८ सय ६० जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ४१ लाख ८० हजार ३ सय ३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित १४ लाख ९० हजार ७ सय ७६ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ८० हजार ७ सय ८७ जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१ , फ्रान्समा २६ हजार ३ सय ८० , बेलायतमा ३१ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ६ सय ४०, जर्मनीमा ७ हजार ५ सय ६९ र बेल्जियममा ८ हजार ६ सय ५६, ब्राजिलमा ११ हजार १ सय २३, रसियामा १ हजार ९ सय १५, क्यानडामा ४ हजार ८ सय ७० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी २ हजार २ सय १२ , पाकिस्तानमा ६ सय ५९ , बंगलादेशमा २ सय २८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय २०, श्रीलंकामा ९ र माल्दिभ्स्मा ३ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा १ सय २० र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।