अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५
| Colorodo: 13:30
भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आज पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । भारतीय अतिक्रमणविरुद्ध नेविसंघ लगायत विभिन्न दलका भ्रातृ संगठनका नेताकार्यकर्ता सडकमा उत्रिएका हुन् ।
आज माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । आज प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए ।
गत शुक्रबार भारतले .लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।
