अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

मुलुकमा पर्याप्त कोरोना परीक्षण किट मौज्दात रहेको सरकारको दावी

बिआरटीनेपाल २०७७ वैशाख २७ गते ७:२१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि सरकारसँग पर्याप्त परीक्षण किट उपलब्ध रहेको जनाएको छ । मन्त्रालयको नियमित कोरोना जानकारी दिने क्रममा ५० हजार पिसिआर किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाले नेपालको कोरोना केन्द्रबिन्दु बनेको पर्सा, बारा, रौतहट, उदयपुर, कपिलवस्तु र बाँके जिल्लामा परीक्षणको दायरा बढाउने भन्दै अबको तीन दिनमा ३ हजारभन्दा बढी कोरोना परीक्षण गर्ने लक्ष्य सरकारले लिएको जानकारी दिनुभयो ।

उहाँले नेपालमा हालसम्म १६ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण भएकोमा आज बिहान ७ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको पनि बताउनुभयो । सङ्क्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेको र बाँकी उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर १६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ भने ५५ हजार ९३० जनाको ‘आरडीटी’ परीक्षण भएको छ । देशभर १४३ जना ‘आइसोलेसन’कक्षमा रहेको जानकारी दिँदै प्रवक्ता देवकोटाले १४ हजार ५९२ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय