अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 23:56

न्यु योर्कमा अर्को नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख २६ गते १२:३२ मा प्रकाशित

न्यु योर्कमा उपचार गरिरहेका पेम्बा रिन्जी लामा शेर्पाको निधन भएको छ । ५२ बषिर्य लामाको न्यु योर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधाबार साँझ निधन भएको जनाएको छ । उनी सोलुखुम्बु दुधकुण्ड नगरपालिका ५ छिनाक्पु गाउँ निवासी हुन । करिब ९ वर्ष अघि अमेरिका आएका उनी गत वर्षदेखि पेटको क्यान्सरको उपचार क्रममा विगत ६ महिनादेखि हरेक दुई दुई हप्तामा किमोथेरापि लिँदै आइरहेको छिनक्पु निवासी मिङमा गेल्जे लामाले बताए ।

एक बर्षदेखिन उपचारमा लाग्दै आएका उनी पछिल्लो समय कोरोनाको लगडाउन कारण नियमित रूपमा किमो लिन पाएका थिएन । घरमै आराम गरिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आउन थालेपछि करिब एक हप्ता अघि अस्पताल भर्ना भएको उनको बुधाबार बेलुकी निधन भएको अस्पतालले जानकारी दिएको लामाले बताए । उनी कोरोनाको कारण नभई क्यान्सरको कारणले मृत्यु भएको छ ।

श्रीमती, एक छोरा र एक छोरीका पिता उनी गत वर्ष देखिन उपचारको क्रममा न्यु योर्क क्विन्सस्थित एलमष्टमा बस्दै आइरहेका थिए । उनको सबै परिवार नेपालमा रहेका छन् । ‘ अस्वस्थका कारण काम गर्न नसकेर विगत ३ महिनादेखि उनलाई कोठा भाडा तिर्न कठिनाइ भएपछि न्यु योर्क रहेका हामी छिनाक्पुका केही दाजुभाइहरूले घर भाडा सहयोग गरियो ‘ छिनाक्पुको मिङमा गेल्जे लामाले भने-‘ आफ्नै गाउँले भोग्नु परेको यो दुखमा अझै केही सहयोग गरौँ भन्ने सोचेको थिए उनको मृत्युको खबरले स्तब्ध तुल्यायो’ ।

पेम्बाको मृत्यु भए लगतै अन्तिम संस्कारको लागी मेरिल्याण्डस्थित विधान सभा सदस्य एचवि भण्डारीलाई जानकारी दिए लगतै उनको पहलमा निःशुल्क अन्तेष्ठिको लागी सहयोग गरेको छ । न्यु योर्क एक महिनादेखि कोरोनाले मृत्यु हुनेहरूको सङ्ख्या अत्यधिक भएकोले फेनरलहोमहरु सबै व्यस्त भएकोले चाडै अन्त्येष्टिको लागी न्युजर्सिको फेनरलहोममा भण्डारीले प्रक्रिया थालेको छ ।

‘ नेपाली समुदायमा परेको यो दुखमा मृत्यु हुनेहरूलाई जतिसक्दो सहयोगसँगै छिटो अन्त्येष्टिको लागी प्रयास गदै आइरहेको छौ’ विधान सभा सदस्य भण्डारीले बताए । उनले अहिलेसम्म न्यु योर्क मृत्यु हुने नेपालीहरूको अन्त्येष्टिको लागी सहयोग गदै आइरहेका छन् ।
एभरेष्टटाइम्सबाट

प्रतिक्रिया